जिप्रका नजिकैका पसलमा चोरी, के गर्छ कञ्चनपुर प्रहरी ?

Share post:

महेन्द्रनगर ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर रोड स्थित महेन्द्रनगर मदन चोक क्षेत्रमा पसलमा चोरी भएको छ । गएराती गणेश धामी र राजु शाहको पसलबाट नगदका साथै समान चोरी भएको हो ।

चोरले दुवै खोकाको ताला फोडेर गल्लामा रहेको नगद र समान चोरेर लगेका छन् । यो संगै तीन चार पटक पसल चोरी हुँदा पनि प्रहरीले चोरलाई छुट दिएको गणेश धामीले गुनासो पोखे । ‘त्यतै प्रहरीको डिउटी हुन्छ, ‘उनले भने, ‘नजिकै प्रहरी कार्यालय हुँदा पनि चोरी रोकिएको छैन् ।

यो पनिः ५ डाँका पक्राउ

उनले आफ्नो गल्लाबाट नगद पाँच हजार र विभिन्न प्रकृतिका समान चोरेर लगेको बताए । ‘चोरले साबुन सोडा पनि छाडेन, ‘उनले भने, ‘यो कस्तो प्रकृतिको चोर रहेछ ।’

राजु शाहको पसलबाट नगद २ हजारका साथै विभिन्न सामान चोरी भएका छन् । उनले सब्बलले ताला तोडेर चोरले समान चोरेर लगेको बताए ।

त्यही ठाँउनिर पटक पटक चोरी हुँदा प्रहरीलाई खबर गरेपनि चोरी नरोकिएको भन्दै पसलेहरुले चिन्ता व्यक्त गरेका छन् ।

‘दिनभर खोकामा व्यवसाय गरेर हामी गुजारा चलाईरहेका हुँन्छौँ, ‘पीडित धामीले भने, ‘त्यही पनि चोरले लग्छ, चोरलाई प्रहरीले छुट दिन्छ ।’

प्रहरी कार्यालय नजिकैका पसलमा पटक पटक चोरी हुँदा समेत प्रहरीले निम्नस्तरका व्यवसायीको पीडा नबुझिदिएको उनीहरुको गुनासो छ । कञ्चनपुर प्रहरीले चोरी गर्ने व्यक्ति समुहको खोजि भईरहेको जनाएको छ ।

ताजा समाचार