मिस्टर आरजे र नवराज कलौनीको स्वरमा रहेको गित बनारसको साडी सार्वजनीक (भिडियो सहित)

Share post:

महेन्द्रनगर ।
चर्चित संगीतकार, गीतकार तथा -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे) र नवराज कलौनीको ‘बनारसको साडी’ बोलको गीत सार्वजनिक भएको छ ।

मंगलवार दिउँसो मिस्टर आरजेको अफिसियल युटुव च्यानेलबाट सुदूरपश्चिमको लोक भाकालाई संकलन गरी फरक हैलिमा प्रस्तुत गर्ने प्रयास गरिएको गायक नवराज कलौनीले बताए ।

गीतको शब्द संकलन गायक नवराज कलैनीले गरेका छन् भने सङ्गीत संयोजन श्यामश्वेत रसाइलीले गरेका हुन ।

यस अघि गायक कलौनीले सुदूरपश्चिमको भाका रहेका ‘बेहुलो सिपाही छ तथा चक्करी चक्करी’ बोलको गीतमा आवाज भरेका थिए । ती गीतबाट नै कलौनी चर्चित भएका हुन ।

सुदूरपश्चिमको ठेट लोक भाकालाई सबैले सहज तवरले बुझ्ने तरिकामा ढाल्नका लागि देउडा लोक भाकालाई नेपालीकरण गरिएको गायक कलौनी बताउँछन् ।

ताजा समाचार