कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफांटाका विद्यालय ५ दिन बन्द

Share post:

महेनद्रनगर । कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफांटा नगरपालीकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

हाल शितलहरका कारण केही दिन देखी मौसम प्रतिकुल भई अत्याधिक चिसो बढेकोले विद्यालय बन्द गर्न निर्देशन दिईएको शुक्लाफांटा नगरपालीकाले जनाएको छ ।

चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले पुस ६ गते देखी १० गते सम्म ५ दिन नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न नगरपालिकाले विद्यालयहरुलाई पत्रचार गरेको छ ।

मौसममा सुधार आएमा विद्यालय सञ्चालन गर्ने तर मौसममा सुधार नआए अर्को सुचना जारी गर्ने नगरपालीकाले जनाएको छ ।

ताजा समाचार