महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या अभियोगमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।
जिल्ला आदालत कञ्चनपुरले अभियुक्त चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
दीपक पन्त हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए ।
उनका अनुसार ‘पुर्पक्षको लागि थुनामा राख्ने भनेको मुद्दाको अन्तिम फैसला नभएसम्म थुनामा राख्ने’ आदेश हो ।
मंसिर १२ गते मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको थियो । कारागार चलान हुनमध्ये मनिष नाथ ज्यान मार्ने उद्योगको मुद्दा लागेका हुन ।
यसअघि उनले भीमदत्त नगरपालिकाको मझगाउँमा लागेको रामलिलामा ‘ज्यानमारा’ हमला गरेका थिए । उनी फरार सूचिमा रहेका थिए ।