भारतीय राजदूतलाई देउवाले दिए बिदाइ भोज

Share post:

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले बिदाइभोज दिएका छन् ।

पुरीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर उनले भोजको आयोजना गरेका हुन् । भोजमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकास शरण महत लगायत नेताहरु पनि सहभागी थिए ।

पुरी यही पुस १५ गते भारत फर्कने तयारीमा छन् । भारत सरकारले भने नेपालका लागि कसलाई राजदूत तोक्ने यकिन गरिसकेको छैन ।

ताजा समाचार