हरिश चन्द्र बाग ।
कञ्चनपुरको बेलौरीका प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तलाई भारतमा ज्योतिष मार्तण्डद्वारा अभिनन्दन गरिएको छ ।
अखिल भारतीय सरस्वती ज्योतिष मञ्चको आयोजनामा यही डिसेम्बर २०, २१ र २२ तारिखका दिन भारतको जालन्धर पञ्जाबमा आयोजित ज्योतिष सम्मेलनमा ज्योतिष पण्डित यज्ञराज पन्तलाई अभिनन्दन गरेको हो ।
पन्त यसअघि फेब्रुअरी २४ तारिखमा भारतको नयाँ दिल्लीमा आयोजित ज्योतिष सम्मेलनमा ज्योतिष गौरव अवार्डद्वारा र जुलाई २६ देखि २८ तारिख सम्म हिमाञ्चलमा आयोजित सम्मेलनमा ज्योतिष भाष्करद्वारा अभिनन्दित भएका थिए ।
उनी कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा रहेको रामपुर बहुमुखी क्याम्पस र वडा नम्बर ७ मा रहेको कल्याण माविमा अध्यापन गराउदै आएका छन् ।