महेन्द्रनगर ।
नेपालको चर्चित मोबाइल एप्स ‘हाम्रो पात्रो’ ले भाषाको दायर फराकिलो पार्दै लगेको छ । स्थानीय भाषालाई समेट्दै लैजाने क्रममा अब ‘हाम्रो पात्रो’ सुदूरपश्चिको भाषा डोटेलीमा पनि उपलब्ध छ ।
चर्चित मोबाइल एप्स ‘हाम्रो पात्रो’ लाई डोटेली भाषामा मदन खडायतले अनुवाद गरेका छन् । यो डोटेली भाषामा उपलब्ध भएको पहिलो एप हो । खडायत डोटेली भाषाका अभियान्ता हुन ।
समाजशास्त्रमा स्नातक तह गरेका खडायत भाषा अनुवाद, ग्राफिक डिजाइन तथा भिडियो सम्पादन गर्छन् । दार्चुलाको बलाँचमा जन्मिएका उनि हाल कञ्चनपुरको बेदकोट नगरपालिकामा बसोबास गर्दै आएका छन् ।
‘हाम्रो पात्रो’ मा तपाईंले भाषा चयन गर्नको लागि एप्लिकेशनको देब्रे माथिल्लो कुनामा भएको तीन धर्केलाई थिचेर भाषा नामको विकल्पमा गई आफ्नो रोजेको भाषा चयन गर्न सकिने छ ।
सुदुरपश्चिम प्रदेशमा बोलिने डोटेली भाषालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ डोटेली भाषामा अनुवाद गरिएको अनुवादकर्ता खडायत बताउँछन् ।
‘डोटेली भाषाको कुनै आधिकारिक ब्याकरण शब्दकोश नभएतापनि बोलीचालीको भाषालाई अनुवाद गर्नु निकै नै चुनौतीपूर्ण छ ।’ दैनिक सञ्चारसंग कुरा गर्दै खडायतले भने, ‘हाम्रो सुदुरपश्चिमको भाषा संरक्षणका साथै राष्ट्रियस्तरमा चिनाउने उद्देश्यका साथ ‘हाम्रो पात्रो’लाई डोटेली भाषामा अनुवाद गरेका हौँ ।’
डोटेली भाषालाई अझै परिस्कृत गर्दै लैजानु पर्ने र भाषाको संरक्षण र सुधारमा सबैले लाग्नु पर्नेमा खडायतले जोड दिए । मौलिक भाषा र साहित्यलाई जगेर्ना गर्न युवा पुस्ता अगाडि आउनुपर्ने उनले धारणा राखे ।
आफ्नो सीप र क्षमता अनुसार आफ्नो भाषा साहित्यलाई संरक्षण, सम्वद्र्धनमा आ–आफ्नो ठाउँबाट सबैले सक्दो प्रयास गर्नुपर्ने उनको भनाइ छ ।