किन गर्न सकेन ‘दबंग ३’ ले साचे अनुरुप कमाइ, कारण यस्तो

Share post:

बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग ३’ को रिलिजअघि चर्चा थियो । तर, यो फिल्म रिलिजपछि भने सोचेअनुरुप कमाइ गर्न सकेको छैन ।

पहिलो दिन राम्रो कमाइ गरेको फिल्मले चौथो दिनसम्म आइपुग्दा यसको आम्दानीमा व्यापक गिरावट आएको छ ।पहिलो दिनको कमाइले धेरैले यो फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्ने आँकलन गरिएको थियो ।

तर, विकेन्डपछि सोमवार फिल्मको कमाइ कम भयो ।प्रभुदेवाले निर्देशन गरेको यो फिल्ममा सोनाक्षी सिन्हा, डिम्पल कपाडिया, सई माजरेकर, अरबाज खान, सुदीप किच्चा लगायतका कलाकारको शीर्ष भूमिका छ ।फिल्मले ओपनिङमा २३ करोड भारतीय रुपैयाँ कमाएको थियो ।

दोस्रो दिन फिल्मको कमाइ २२ करोड थियो भने तेस्रो दिन २८ करोड कमाइ गरेको थियो ।यता फिल्मले चौथो दिनमा भने जम्मा ९ करोड २५ लाख रुपैयाँ कमाइ गरेको छ ।

फिल्मले ४ दिनमा ८२ करोड २५ लाख भारतीय रुपैयाँ कमाएको छ ।सलमान खानको एक्सन अवतार धेरैले मन पराए पनि फिल्मको कथालाई लिएर धेरैले विरोध जनाएका थिए ।

यो फिल्मले बक्स अफिसमा ३ सय करोड कमाउने पूर्वसमीक्षा गरिएको थियो ।एजेन्सी

श्रोतkhabarhub

ताजा समाचार