माइती नेपाल कञ्चनपुरद्धारा प्रगति विवरण सार्वजनिक

Share post:

महेन्द्रनगर । माइती नेपाल कञ्चनपुरले आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

बुधवार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले वार्षिक प्रगति विवरण पेश गरेकी थिइन ।

माइती नेपाल कञ्चनपुरले जिल्लामा मानव बेचबिखन तथा महिलामाथी हुने सबै खाले भेदभाव तथा हिंसा विरुद्ध काम गर्दै आएको छ ।

सन् २०१९ को हालसम्म गड्डाचौकी सीमा नाकाबाट जोखिममा परेका २ सय ३९ जना महिला तथा बालबालिकाहरु उद्धार गरिएको संयोजक भट्टले बताइ्र्रन् ।

उनका अनुसार गड्डाचौकी क्षेत्रमा ३ हजार ६ सय ८० सवारी साधन चेकजाँच गरिएको छ । सन् २०१९ को हालसम्म ७७ जना महिला तथा बालबालिकाहरुलाई जोखिमबाट मुक्त पारी घर पठाइएको संयोजक भट्टले बताईन् ।

२ सय ८ जनाले खोजतलाशका लागी निवेदन दिएकोमा ३८ जना मात्र फेला परेको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।
त्यस्तै भारतका विभिन्न स्थानबाट ९ जनाको उद्धार गरेको संयोजक भट्टले जानकारी दिईन् ।

उनले भनिन् ‘२६ घरेलु हिंसाका निवेदन परेकोमा २२ निवेदन सामाधान गरीसकेका छौँ ।’माईति नेपाल कञ्चनपुरले सन् २०१९ को हाल सम्म मानव वेचविखनको एक मुद्धा दर्ता र जवरजस्ती करणीको दुई मुद्धा दर्ता गरीसकेको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।

संयोजक भट्टले भनिन् ‘कञ्चनपुरका महाकाली, भीमदत्त, बेलौरी, पुनर्वास नगरपालीका र बेल्डाडी गाउँपालीकाका सात स्थानमा गरी जम्मा ३ सय ४० जना महिला तथा किशोरीहरुलाई अनुशिक्षण प्रदान गरेका थियौ ।’

माइती नेपाल कञ्चनपुरले सन् २०१९मा विभिन्न ठाउँ बाट उद्दार गरेका महिला तथा किशोरीहरु मध्य स्वरोजगारका लागी ६ जनालाई विभिन्न तालीमको लागी माइती नेपालको केन्द्रिय कार्यलय काठमाण्डौँ पठाईएको र एक जनालाई लुगा सिउने मेसिन तथा आवश्यक सामाग्रि प्रदान गरेको संयोजक भट्टले बताईन् ।

चेलिबेटी बेचविखनमा बढी जसो परिवार, आफन्त, राजनितिज्ञको संलगनता हुने गरेको संयोजक भट्टले बताईन् ।

उनले भनिन् ‘गरीवि, झुटो माया तथा विवाह, घरायसी तथा साथीहरुको दवाव लगाएतका कारण चेलिवेटी बेचविखनमा पर्ने गरेका छन् ।’

माइती नेपाल कञ्चनपुरले मानव बेचविखनको नियन्त्रणका लागी निरन्तर सचेतनामुलक काम गर्दै आएको छ ।

ताजा समाचार