दाङ दाङमा बुधबार यात्रुबहाक बस दुर्घटना भएको छ । बस दुर्घटनामा कम्तिमा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङको तुलसीपुरबाट भालुवाङ जाँदै गरेको रा १ ख १४८९ न को बस घोराही(लमही सडकखण्डको घोराही उपमहानगरपालिको मुसोटखोलाको ओरालोमा दुर्घटना भएको हो ।
बस ब्रेक फेल भएर दुर्घटना भएको र घाइतेको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराईले बताए । २ जना मध्यम र अन्य सामान्य घाइते भएको प्रहरी बताएको छ ।