किन राख्यो अमेरिकाले पाकिस्तानलाई कालोसूचीमा, कारण यस्तो

Share post:

अमेरिकाले धार्मिक स्वतन्त्रताको मामिलामा पाकिस्तानलाई फेरि कालो सूचीमा राखेको छ । यसलाई पाकिस्तानले भने खारेज गरेको छ ।
जुन देशमा धर्मको आधारमा भेदभाव हुन्छ, त्यो देशलाई अमेरिकाले कालोसूचीमा राख्छ । अमेरिकाको वार्षिक सूचीमा पाकिस्तानसहित नौ देश दोस्रो पटक कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका देशहरुलाई अमेरिकाले प्रतिबन्ध लगाउने गर्दछ ।

पाकिस्तानले यसप्रति कडा आपत्ति जनाएको छ । अमेरिकाले पक्षपाती रवैया अपनाएको पाकिस्तानको आरोप छ । पाकिस्तान विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुकीले विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अमेरिकी यो कदम यथार्थतासँग मेल खाँदैन । भारतमा अल्पसंख्यकलाई प्रताडित गरिन्छ, तर भारतलाई अमेरिकाले सूचीमा राखेको छैन । पूरै प्रक्रिया एकतर्फी र भेदभावपूर्ण छ ।’

उनले भनेकी छन्, ‘कश्मीरमा महिनौंदेखि मानिसहरुलाई कैद गरेर राखिएको छ । हालै धर्मको आधारमा नागरिकता दिने कानून बनाइएको छ, तर पनि भारतलाई अमेरिकाले सामेल गरेको छैन ।’

अमेरिकाको सूची नै अविश्वसनीय रहेको पाकिस्तानको भनाइ छ ।

पाकिस्तान धार्मिक बहुल मुलुक हो र सबै धर्मावलम्बीले आफ्नो(आफ्नो धर्मको पालना गर्ने संवैधानिक स्वतन्त्रता छ । भारत भने धार्मिक स्वतन्त्रतालाई नकार्ने सबैभन्दा ठूलो देश हो । तर, भारतलाई कालो सूचीमा नराखिनुले शंकास्पद छ ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले १८ डिसेम्बर २०१९ मा सार्वजनिक गरेको सूचीमा चीन, पाकिस्तान, उत्तर कोरिया, साउदी अरब, म्यानमार, इरिट्रिया, इरान, ताजकिस्तान र तुर्कमेनिस्तानलाई दोस्रो पटक पनि परेका छन् । यी देशहरुलाई अन्तर्रा्ष्ट्रिय धार्मिक स्वतन्त्रता कानूनअनुसार कालो सूचीमा राखिएको हो । यसपटक सुडान भने कालो सूचीमा परेको छैन ।ऐजेन्सी

श्रोतonlinekhabar

ताजा समाचार