महेन्द्रनगर ।
बझाङको जयपृथ्वी नगरपालिका–१० खुल्लामञ्चमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
बुधवार राष्ट्रिय युवा संघ नेपाल जिल्ला संगठन कमिटी र जिल्ला अस्पताल सिमखेत बझाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
‘रक्तदान जीवन दान’ भन्ने मूल देहका साथ रगत दान कार्यक्रम आयोजना गरिएको आयोजक राष्ट्रिय युवा संघ नेपाल जिल्ला संगठन कमिटी बझाङले जनाएको छ ।
रक्तदान कार्यक्रममा त्यहाँ स्थानीयहरु युवाहरुको बाक्लो सहभागीता रहेको स्थानीय सीता खड्काले बताइन ।
३० जना युवाले रक्तदान गरेको समेत उनले बताइन ।
पछिल्लो समय बझाङका युवा सामाजिक काममा सक्रिय रहेका छन् ।