महिनाको ९ हजार ३६३ रुपैयाँ किस्ता बुझाउनेगरी एभरेष्ट बैंकले घर किन्न ऋण दिने

Share post:

एभरेष्ट बैंकले मध्यम वर्गीय तथा निम्न वर्गीय परिवारलाई लक्षित गर्दै होम लोन स्कीम सार्वजनिक गरेको छ।

बैंकले ‘घरभाडा भन्दा बैंकको किस्ता सस्तो भएपछि अब भाडा होइन आफ्नै घरको किस्ता बुझाउँ’ भन्ने नारासहित न्यूनतम सरल मासिक किस्ता ९ हजार ३६३ मात्रको होम लोन ल्याएको हो।

दश लाख रुपैयाँ ऋण लिँदा मासिक सो रकम बुझाए पुग्नेछ। मासिक १८ हजार ७२७ रुपैयाँ बुझाउनेगरी २० लाख रुपैयाँ ऋण लिन सकिनेछ। ग्राहकले २५ वर्षसम्मका लागि यस्तो ऋण पाउने छन्।

यस अभियानमा ग्राहकहरुले सर्भिस चार्जमा २५ प्रतिशत विशेष छुट पाउने बैंकले जनाएको छ। बैंकले यस अभियानको लाभ उठाउँदै आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गरेको छ। ‘सर्भिस विथ स्माईल’ नारा सहित एभरेष्ट बैंकले सेवा दिँदै आएको छ।

ग्राहक संख्या १० लाख बढी रहेको बैंकले जनाएको छ। हालै क्यामेलस् रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ।

एभरेष्ट बैंकले हाल आफ्ना ९५ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २२ एटिएम तथा बृहत बाह्य सञ्जाल मार्फत सेवाहरु प्रदान गर्दै आएको छ।

श्रोतratopati

ताजा समाचार