अछाम प्रहरीले भत्कायो छाउपढी गोठ

Share post:

महेन्द्रनगर । अछाम प्रहरीले छाउपढी गोठ भत्काई छाउपढी प्रथा सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेको छ ।

बुधवार समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय अछाम मातहत अस्थाई प्रहरी पोष्ट बारला र पञ्चदेवल विनायक नगरपालिका ८ को संयुक्त आयोजनामा वडाका स्थित तिखापातल टोलका ८ छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

८ नम्वर वडाका वडा सदस्य नर बहादुर कामीको संयोजकत्वमा ,समुदाय प्रहरी साझेदारी वडा समितिका पदाधिकारीहरु , स्थानिय समाजसेबी, बुद्धिजिबी र महिलाहरुको सहभागितामा छाउपढी गोठ भत्काई छाउपढी प्रथा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।

ताजा समाचार