राजाका पूर्व ज्वाईँले गरे आत्महत्या

Share post:

एजेन्सी
नर्वेका राजा हराल्डका पूर्व ज्वाईँले आत्महत्या गरेका छन्। लेखक समेत रहेका राजकुमारी मार्था लुइसका पूर्वपति अरी बेहनले आत्महत्या गरेका हुन्।

तीन छोरीका आमा बाबु दुवैको १५ वर्ष लामो वैवाहिक जीवन सन् २०१७ मा टुंगिएको थियो अर्थात उनीहरुले २ वर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए। अरीको निधनमा नर्वेका राजा–रानीले वक्तव्य जारी गर्दै निधनप्रतिदुःख व्यक्त गरेका छन्।

उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख छ।

डेनमार्कमा जन्मिएका अरी मार्थासँग २००२ मा विवाह बन्धनमा बाँधिका थिए।

अरीले लस भेगासमा लागुऔषध लिँदै गरेकी यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि दुवैबीच विवाद बढेको थियो।

ताजा समाचार