कञ्चनपुरको कृष्ण बहुमुखी क्याम्पसको ताला ३ दिन पछि खुल्यो

Share post:

महेन्द्रनगर । कंचनपुरको शुक्लाफांटा नगरपालिका १० झलारी स्थित कृष्ण वैजनाथ बहुमुखी क्याम्पसमा लगाएको अनिश्चितकालिन ताला खोलिएको छ ।

क्याम्पसमा सोमबार लगाईएको ताला ३ दिन पछि बुधबार खोलिएको हो । बिभिन्न माग राख्दै नेपाल बिद्यार्थी संघले पौष २ गते क्याम्पसलाई ध्यानाकर्षण गराउदा क्याम्पस प्रशासनले आफूहरुका माग प्रति कुनै चासो नदेखाएको भन्दै सोमबार देखी अनिश्चितकालिन तालाबन्दी गरेका थिए ।

बुधबार क्याम्पसको व्यवस्थापन समिति संग बसेको बैठकले लिखित रुपमा ७ बुदे सहमती भए पछि पुर्णरुपमा क्याम्पस प्रशासन संचालनमा आएको नेपाल बिद्यार्थी संघका क्याम्पस इन्चार्ज प्रतिक रावलले बताए ।

क्याम्पस प्रशासन र क्याम्पस इकाई कमिटि बिच क्याम्पसको पठन पाठनलाई नियमित ,अनुशासित, बिद्यार्थी पोषाक, परिचयपत्र सम्बन्धि व्यवस्थालाई अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्ने, पुस्तकालयलाई व्यवस्थित गर्ने एवं शंसोधित नयाँ पाठ्यक्रम,सन्दर्भ सामाग्रीको व्यवस्था गर्ने, शौचालयको व्यवस्था गर्ने, प्राध्यापक र बिद्यार्थी आचार सहिता पालना गर्ने, अतिरिक्त क्रियाकलापको व्यवस्था गर्ने, पार्किङ स्थल निर्माण लगाएतका माग पहल गर्ने लिखित सहमती पछि क्याम्पसको तालाबन्दी खोलिएको इन्चार्ज रावलले बताए ।

रावलले भने ‘यदि क्याम्पस प्रशासनले माग ३ गते भित्र आफ्ना मागहरु सम्बोधन नगरेको खण्डमा नेपाल बिद्यार्थी संघ क्याम्पस इकाई कमिटि पुन तालाबन्दी गर्न बाध्य हुनेछ ।’

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष उद्दव राज भट्टले बिद्यार्थीहरुकै हक हितका लागि हिजो,आज र भोलिका दिनहरुमा लागि पर्ने प्रतिबद्दता जनाउदै बिध्यार्थिहरुका माग यथाशीग्र सम्बोधन गरिने मात्रै नभई क्याम्पस को चौतर्फी बिकासका लागि लागिपर्ने प्रतिबद्दता समेत जनाएका छन् ।

ताजा समाचार