पत्रकारसँग ३० हजार घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ

विज्ञापन

Share post:

काठमाडौं । पत्रकारसँग नै घुस माग्ने नगरपालिकाका लेखा अधिकृत र लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

पत्रिकामा विज्ञापन प्रकाशिन गरेवापतको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरलाका अनुसार लेखापाल घिमिरे र लेखापाल केसीले नगरपालिकामार्फत प्रकाशित÷प्रसारित सूचना तथा विज्ञापनको भुक्तानी दिन लाग्दा घुस मागेका थिए ।

पूर्व सूचनाका आधारमा बुधबार नगरपालिकाको कार्यालय पुगेको अख्तियारको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

ताजा समाचार