बसको ठक्करबाट युवक मृत्यु प्रकरणः डडेल्धुरामा टायर बालेर सडक जाम

Share post:

डडेल्धुरा ।
डडेल्धुरामा मंगलबार सवारी दुर्घटनामा युवकको मृत्यु भएको विषयलाई लिएर स्थानीयले राजमार्ग पुनः अवरुद्ध पारेका छन ।

मृतकका आफन्तले उचित क्षतिपुर्तीको माग गर्दै डडेल्धुराको सल्लाघारीमा बिहानै देखि सडक अबरुद्ध पारेका हुन ।यसअघि बुधबार मध्यान्ह देखि अवरुद्ध सडक पाँच घण्टापछि सञ्चालनमा आएको थियो ।

उनीहरुले मृतकका परिवारलाई क्षतीपूर्ती र बस चालकलाई कारवाहीको माग गर्दै अमरगढी नगरपालिका–१ स्याउले बजारमा टायर बालेर सडक अवरुद्ध पारेका छन ।

मंगलबार महेन्द्रनगरबाट बझाङ जाँदै गरेको ना ७ ख ६५२२ नम्बरको बस र जिल्ला सदरमुकाम बागबजारदेखि सकायल तर्फ गइरहेको से ४ प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार अमरगढी नगरपालिका वडा नम्बर–११ सल्लाघारीका २० वर्षीय भरत बोहराको मृत्यु भएको थियो ।

उनको शव डडेल्धुरा अस्पतालको पोष्टमार्टम कक्षमा राखिएको छ ।

दुर्घटनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना गम्भीर घाइते भएका थिए ।

ठगुन्नालाई धनगढी रेफर गरिएको छ । बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग अवरुद्ध भएपछि आवागमन ठप्प भएको छ । यात्रुहरु बिच बाटोमै अलपत्र परेका छन ।

ताजा समाचार