कञ्चनपुर कैलालीमा चिसो बढेपछि न्यानो बाढ्दै सशस्त्र प्रहरी

Share post:

धनगढी । कञ्चनपुर कैलालीमा शीत लहरसंगै चिसो बढे पछि सशस्त्र प्रहरीले आगो बाल्ने अभियान सुरु गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा डिभिजन वन कार्यालय कैलाली र स्थानीय सामुदायिक वन सँग समन्वय गरी अभियान सुरु गरिएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

जस अन्तर्गत घोडाघोडी नगरपालिका–१० पहलमानपुर, डोके बजार, धनगढी उप–महानगरपालिका–२ भन्सार रोड, वडा न।–१८ डिपो बजार, आदर्श टोल र पार्वती चोक, पुर्नवास नगरपालिका–११, गोदावरी नगरपालिका–१ गेटा रोडचोक र बसपार्क चोक, लम्की चुहा नगरपालिका–१ लम्की चोक, बल्चौर चोक र मोतिपुरचोक, जोशिपुर गाउँपालिका–१ जोशिपुर बजारमा आगो ताप्ने व्यवस्था मिलाएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसै गरी भजनी नगरपालिका–२ भजनी बजार, भन्सार रोड र टिकापुर नगरपालिका–८ को सत्तिचोक र वडा नं।–९ को बालुवाटार र खकरौला गरी १८ स्थानमा आगो बाली सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको हो ।

ताजा समाचार