महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा हुन लागेको सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव भोली देखी सञ्चालन हुने भएको छ ।
‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान, सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुस ११ देखि २० गतेसम्म हुने महोत्सवको उद्धघाटन भोली सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक हेमबाबु लेखकले बताए ।
संयोजक भट्टले शुक्रवार हुने उद्धघाटन कार्यक्रममा सम्पुर्ण रानितिक दल, पत्रकार, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, ब्यापारी, लगाएत सम्पुर्णलाई उपस्थितिका लागी अनुरोध समेत गरेका छन् ।