महेन्द्रनगर ।
आजदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव हुदै छ ।
‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान, सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ पुस ११ देखि २० गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सवको तयारी पुरा भएको आयोजकको दाबी छ ।
सम्बन्धित सामाग्रीहरु
- मन्त्री भट्टले उद्धघाटन गर्ने
- कुन दिन कुन कलाकार आउँदैछन् ?
- महोत्सवका लागि यसरी सजिदैछ महेन्द्रनगर खुलामञ्च
- पुस ११ देखि महेन्द्रनगरमा महोत्सव हुने
महोत्सव सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गर्ने छन् ।
महोत्सवको तयारी स्वरुप महेन्द्रनगर खुलामञ्च बेहुली झै सिंगारिएको छ । महोत्सव स्थलमा स्टल व्यवस्थापन, खुलामञ्च घेरबार, बाल उद्यान, प्रवेशद्धार लगायतका काम सकिएको आयोजकले जनाएको छ ।
महोत्सवको टिकटमा नयाँ प्रयोग ल्याइएको आयोजकले जनाएको छ । महोत्सवको टिकट खल्ती एप मार्फत अनलाइनबाट काट्न सकिने छ । टिकटको जिम्मेवारी खल्ती एपको हो ।
अनलाइन र अफलाइन दुवैबाट महोत्सवको टिकट लिन सकिने छ । अनलाइलबाट टिकट काट्नका लागि मोबाइलमा खल्ती एप डाउनलोड गरेर एकाउन्ट भेरिफाइ गरी इभेन्ट अफसनमा गएर महोत्सवको टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।