सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सवः यी हुन मुख्य आकर्षण !

Share post:

महेन्द्रनगर ।
आजदेखि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको खुलामञ्चमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव हुदै छ ।

‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाको पहिचान, सम्बृद्ध र संस्कृत समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ महोतसव हुन लागेको हो ।

महोत्सवको शुक्रवार (आज) सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गर्ने छन् । महोत्सव पुस २० गतेसम्म सञ्चालन हुने छ ।

महोत्सवको तयारी पुरा भएको आयोजकको दाबीे छ । महोत्सवको तयारी स्वरुप महेन्द्रनगर खुलामञ्च बेहुली झै सिंगारिएको छ । महोत्सव स्थलमा स्टल व्यवस्थापन, खुलामञ्च घेरबार, बाल उद्यान, प्रवेशद्धार लगायतका काम सकिएको आयोजकले जनाएको छ ।

महोत्सवको टिकटमा नयाँ प्रयोग ल्याइएको आयोजकले जनाएको छ । महोत्सवको टिकट खल्ती एप मार्फत अनलाइनबाट काट्न सकिने छ । टिकटको जिम्मेवारी खल्ती एपको हो ।


सम्बन्धित सामाग्रीहरु


अनलाइन र अफलाइन दुवैबाट महोत्सवको टिकट लिन सकिने छ । अनलाइलबाट टिकट काट्नका लागि मोबाइलमा खल्ती एप डाउनलोड गरेर एकाउन्ट भेरिफाइ गरी इभेन्ट अफसनमा गएर महोत्सवको टिकट बुकिङ गर्न सकिने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय एंवम राष्ट्रिय चर्चित कलाकारको प्रस्तुति रहने छ । आयोजकका अनुसार महोत्सवको पहिलो दिन पुस ११ गते सुदूरपश्चिमका चर्चित देउडा गायक महेश कुमार औजीको प्रस्तुति रहने छ ।

यस्तै पुस १२ गतेका लागि चर्चित गायक टंक बुढाथोकी, रोशन रतगौया र करिश्मा परियार प्रमुख आकषर्क रहेका छन् भने पुस १३ गते गायिका बिन्दु परिवार, टेक बिसी, बादल थापाको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिन सक्ने छन् ।

पुस १४ गते नेपाल आइडल–२ विजेता गायक रवी ओड, एलबी चन्द तथा तिलक बस्नेत, पुस १५ गते दिनेश आचार्य र टंक तिमिल्सेना, पुस १६ गते निशान भट्टराई, एलिना राइमाझी र रोशन सिंह, पुस १७ गते कुलेन्द्र बिश्वकर्मा, रेखा जोशी र मनिश खड्का, पुस १८ गते चक्र बम, एलिना चौहान र बिनु शाक्य, पुस १९ गते रमेश राज भट्टराई, नवराज कलौनी, दिव्यानी बोहरा र पुस २० गते प्रकाश सपुत र लाल बहादुर धामी (अछामी बड्डो) को प्रस्तुति रहने आयोजकले जनाएको छ ।

नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि समेत महोत्सव आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हेमबाबु लेखकले बताए ।

संयोजक लेखकले नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको बताए ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका साँस्कृतिक, धार्मिक, ऐतिहासिक एंवम् पर्यटन स्थलको प्रचार प्रसार एव प्रबद्र्धन र विपन्न समुदायका बालबालिकाको पठन पाठनका लागि परोपकार कोष स्थापना गरिने छ ।

महोत्सवमा सुदूरपश्चिमका पर्यटकीय स्थल, धार्मिक ऐतिहासिक क्षेत्र र विभुतिको तस्बिर प्रदर्शनी, मौलिक खाने परिकारका साथै सबै धर्म,भाषा संस्कृतिको पहिचान झल्किने भेषभुषा र रहनसहन झल्काउने तस्बिर तथा प्रदर्शनी गरिने छ ।

महोत्सवबाट यस क्षेत्रमा धार्मिक, पर्यटकीय ऐतिहासिक क्षेत्रको प्रचार प्रसार मात्र नभई यस क्षेत्रको मौलिक संस्कृतिको समेत संरक्षण हुने भएकाले पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

ताजा समाचार