महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नदीमाथी निमार्णधीन चार लेनको पक्की पुल निर्माणमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।
बिहिवार साँझ बेलडाँडी गाउँपालिका–४ का बिर बहादुर चौधरीको पर्खालबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले दैनिक सञ्चारलाई बताए ।
पुस ९ गते बेलुका ज्योति टायर रिसोलिङमा आएका चौधरी पर्खालबाट खसेर घाइते भए पछि उपचारको लागि महाकाली अस्पतल पु-याइएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कोहलपुर रेफर गरिएको थियो ।
त्यहीँ उपचारको क्रममा बिहिवार साँझ बिर बहादुर चौधरीको मृत्यु भएको थियो ।
मृतक बिर बहादुर चौधरी एक वर्षदेखि महाकाली पुल निर्माणको काममा मजदुरी गर्दैै आएका थिए ।
परिवारले घटना शंकास्पद भएको भन्दै सत्य, तथ्य छानविन गर्नु पर्ने माग गरेको छ ।