महेन्द्रनगर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन फुलेलीमा शुक्रवार ३ मिटर लामो अजिंगर फेला परेको छ ।
घाँस, दाउराका लागि सामुदायिक बन गएका स्थानीय महिलाहरुले अजिंगर देखेका थिए ।
सामुदायिक वनमा भेटिएको अजिंगरलाई शुक्लाफाँटा नगरपलिका–८ को वन वातावरण विपद् व्यवस्थापन तथा वन्यजन्तु बिशेष सुरक्षा युनिटले उद्दार गरेर वन्यजन्तु वासस्थान विशेष क्षेत्रमा छोडिएको वडाध्यक्ष बहादुर सिंह महराले दैनिक सञ्चारलाई बताए ।
यो संगै सो क्षेत्रमा छोडिएका अजिंगरको संख्या चार वटा पुगेको छ ।