भाषण सुन्न कोही पनि रुचाउदैनन्,तर के गर्नु बोल्नै पर्छः मन्त्री माया भट्ट

Share post:

महेन्द्रनगर । सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवको आज उद्धघाटन भएको छ ।

खोज संग्रह मिडियाको प्रमुख आयेजनामा पुष २० गते सम्म सञ्चालन हुने महोत्सवको शुक्रवार उद्धघाटन गरीएको हो ।

उद्धघाटन कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्टले गरेकी थिइन् ।

सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवका अध्यक्ष करन सिंह पालको सभापतित्व रहेको उद्धघाटन कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिमलाई साच्चिकै पछाडी पारीएको र अब यसको विकास तथा सम्वृद्धिका लागी सुदूरपश्चिम बासी नै लाग्नु पर्ने बताइन् ।

सुदूरपश्चिम प्रदेश प्राकृतिक तथा सांस्कृतिक सम्पदाको खानी भएको र यी सम्पदाको संरक्षण गर्न सवैले लाग्नु पर्ने मन्त्री भट्टले बताईन् । मन्त्री भट्टले भनिन् ‘सुदूर लाई साच्चिकै पछाडी पारीएको छ, अब हामिहरु सुदूपश्चिमलाई ठग्न तथा पछाडी पार्न पाईदैन भनी संघिय सरकारलाई चेतावनी दिईरहेका छौ ।’

सुदूरपश्चिको प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रचार गर्न नसक्दा यहाँको सौन्दर्य ओझेलका परेका र यहाँको सम्पदाको प्रचारमा हामी सवै आफै लाग्नु पर्नेमा मन्त्री भट्टले जोड दिइन् ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टले भनिन् ‘यो रमाईलो मेला भएको र त्यसै पनि आचकल भाषण सुन्न कोही पनि रुचाउदैनन् तर के गर्नु बोल्नै पर्छ ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अथिति भीमदत्त नगरपालीकाका नगर प्रमुख सुरेन्द्र विष्टले कार्यक्रम सफलताको शुभकामना दिदै हामीहरु पर्यटन वर्ष २०२० को पूर्व सन्ध्यामा भएकोले पर्यटक भित्राउन पर्यटकको सुरक्षा तथा आ-आफ्नो क्षेत्रको सरसफाईमा बढी ध्यान दिन आवश्यक रहेको बताए ।

नगरप्रमुख विष्टले भने ‘सुदूरपश्चिममा पर्यटक भित्राउन निरन्तर भीनपाले शुक्लाफांटा महोत्सव आयोजना गर्दै आएको र यो साल पनि आयोजना गर्ने तयारी भैरहेको छ ।’

त्यस्तै सुदूरपश्चिमको विकास तथा सम्वृद्धिकालागी भीमदत्त नगरपालीका सवै संग हातेमालो गर्न तयार रहेको विष्टले बताए । कार्यक्रममा नेपालका कान्छा सरसफाई अभियान्ता केपी खनालले सुन्दर सुदूरपश्चिमलाई सुन्दर बनाउन सरसफाई गर्न जरुरी रहेको बताए ।

सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवले गरीव तथा विपन्न परिवारका वालबालिकाको शिक्षाका लागी महोत्सवको एक टिकट बिक्री नगरी शुक्रवार ५१ हजारको अक्षय कोष निर्माण गरीसकेको र यो महोत्सव पर्यटन वर्ष २०२० लाई सफल पार्न, विपन्न वालबालिकाको शिक्षाको लगी अक्षय निर्माण गर्न लगायतका काम गर्ने उद्देश्यले आयोजना गरीएको महोत्सवका अध्यक्ष करन सिंह पालले बताए ।

उद्धघाटन कार्यक्रममा गायक महेश कुमार आउजीले आफ्ना सुदूरपश्चिम स्वर्ग सरी, कलेजी कटाउन्या माया, छलीया लगायतका गीत गाएर दर्शकलाई नचाएका थिए ।

त्यस्तै गायक आउजीले विपन्न वालबालिकाको शिक्षाको लागी स्थापना गरीएको अक्षय कोष धेरै राम्रो भएको भन्दै आफुले ५ हजार रुपैया अक्षय कोषलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उद्धघाटन कार्यक्रममा खप्तड समाज कञ्चनपुरले भूवा प्रदर्शन गरेका थिए र कार्यक्रममा छलिया नृत्य पनि प्रस्तुत गरीएको थियो ।

त्यस्तै महोत्सव भोली देखी निरन्तर पुष २० गते सम्म चल्ने र सवैलाई अवलोकन गर्न आयेजक टिमले आग्रह गरेको छ ।

महोत्सवको शनिवारको कार्यक्रममा गायक टकं बुढाथोकी,रोशन रतगैया, गायिका टिका जैशी, लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयेजकले जानकारी दिएको छ ।


सम्बन्धित सामाग्री

ताजा समाचार