यातायात कार्यालयमा मनोमानीः फेल भएका ७१ जनालाई लाइसेन्स

विज्ञापन

Share post:

काठमाडौं । यातायात व्यवस्था कार्यालय बुटवलले ट्रायल फेल भएका व्यक्तिबाट घुस लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको खुलासा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा ट्रायल फेल भएका ७१ जनालाई यातायात कार्यालयले लाइसेन्स दिएको देखिएको हो।

अख्तियारले फेल भएकालाई घुस लिएर लाइसेन्स दिने यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष आनन्द केशरी पोखरेल र ट्रायल परीक्षा समितिका सदस्य तथा तत्कालीन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक रविन्द्र श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।

उनीहरुले आफ्नो कार्यकालमा ट्रायल परीक्षामा फेल र अनुपस्थित भएका ७१ जनालाई नतिजामा पास गराएको देखिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

फेल भएका व्यत्तिको नाममा सवारी चालक अनुमतिपत्र जारी गरी परीक्षाको परिणाम फेरवदल गरेको देखिएकोले अनुसन्धानको दायरामा ल्याएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ

ताजा समाचार