महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा हिजो देखि सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको छ ।
‘खोज संग्रह मिडिया’को प्रमुख आयेजनामा पुष २० गते सम्म सञ्चालन हुने महोत्सवको शुक्रवार सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्धघाटन गरेकी थिइन ।
महोत्सवमा आज गायक टकं बुढाथोकी, रोशन रतगैया, गायिका टिका जैशी लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवको सचिवालयले जनाएको छ ।
यो महोत्सव पर्यटन वर्ष २०२० लाई सफल पार्न, विपन्न परिवारका वालबालिकाको शिक्षाको लागि अक्षय निर्माण लगायतका काम गर्ने उद्देश्यले आयोजना गरिएकोले सम्पुर्णलाई महोत्सवको अवलोकन गरीदिन महोत्सवका अध्यक्ष करन सिंह पालले आग्रह गरेका छन् ।
सम्बन्धित सामाग्री