महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आयोजना गर्न लागेको जैविक धार्मीक पर्यटन मार्ग दोस्रो हाम म्याराथुनको तयारी पुरा भएको छ ।
आयोजक भीमदत्त नगरपालिकाले शनिबार पत्रकार सम्मेलन गर्दैँ पुस १५ गते हुने उक्त प्रतियोतिको तयारी पुरा भएको जानकारी दिएको हो ।
भीमदत्त नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख हरक सिंह धामीले प्रतियोगिताको सम्पुर्ण तयारी भई सकेको बताए ।
उनका अनुसार प्रतियोगितामा सहभागी हुने धावकको नाम दर्ता भईसकेको छ ।
धामीका अनुसार प्रतियोगिता, खुला, महिला, छात्र, छात्रा र नगरका सामुदायिक तथा संस्थागत विद्यालय स्तर गरि विभिन्न समुहमा आयोजना हुनेछ ।
प्रतियोगिताको उद्घाटन नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री गोकुल बासकोटाले गर्ने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताए । उनका अनुसार सञ्चारमन्त्री बासकोटालाई प्रतियोगिताको प्रमुख अतिथिको रुपमा बोलाउने तयारी भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनकाअनुसार नगरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन र पर्यटन प्रवद्र्धनका लागि दौड प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा विद्यालय स्तरीय छात्रछात्रा अन्तर्गत प्रथम हुने लाई नगद १५ हजार, द्धितियलाई १२ हजार, तृतियलाई १० हजार, चतुर्थलाई ८ हजार, पाचौँलाई ६ हजार ५ सय, छठौँलाई ४ हजार पुरस्कार दिने नगरपालीकाले जनाएको छ ।
त्यस्तै खुल्ला तर्फ महिला अन्तर्गत प्रथम हुनेलाई २० हजार, द्धितियलाई १५ हजार, तृतियलाई १२ हजार र खुल्ला पुरुष तर्फ प्रथमलाई ४० हजार, द्धितियलाई ३० हजार, तृतियलाई २० हजार पुरस्कार दिईने नगरपालीकाले जनाएको छ ।
उत्त डौड प्रतियोगितामा जम्मा ३ सय ९० जनाले सहभागिता जनाउने नगरपालीले जानकारी दियो ।