अछामी बड्डोले नचाए महेन्द्रनगरका दर्शक

Share post:

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा जारी सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव २०७६ मा आज( शनिवार) चर्चित देउडा गायक लाल बहादुर धामी(आछामी बड्डो) र महेश कुमार आउजीले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।

दिउँसैदेखि पर्खाईमा बसिरहेका दर्शकहरु अपरान्ह ४ बजे लाल बहादुर धामीको उपस्थितिले महोत्सवको माहोल तातेको थियो ।

‘यो अछामी बड्डो, पैसा कात्तरो,डोटी की छो¥याट्टी, बड्डो आयो डिजेमा लगायत बोलका आधा दर्जन बढि गीतबाट धामीले दर्शकलाई झुमाए । धामीको हरेक गीतको सुरुवातमै दर्शकहरुले हुटिङका साथ नाच्दै साथ दिएका थिए ।

त्यस्तै अर्का चर्चित गायक महेश कुमार आउजीले पनि दर्शकलाई झुमाएका थिए । आउजीले सुदूरपश्चिम स्वर्ग सरी, कलेजी कटाउन्या माया लगाएतका गीतले दर्शकलाई नचाएका थिए ।

त्यस्तै भोली (आईतवार) चर्चित गायक दुर्गेश थापा, टेक बिसी, गायिका विन्दु परियार लगायत स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको सचिवालयले जनाएको छ ।

ताजा समाचार