महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सरुवा भई आएका नयाँ प्रहरी उपरिक्षक (एसपी) मुकुन्द मरासीनीे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा हाजिर भएका छन् ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित एक कार्यक्रमका बिच एसपी मरासीनीलाई स्वागत गरीएको थियो ।
एसपी मरासीनी प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँ बाट सरुवा भई जिल्ला प्रहरी कार्यालय कञ्चनपरको प्रमुखका रुपमा सरुवा भई आएका हुन् ।
यस अघिका कञ्चनपुरका एसपी दिनेश कुमार आचार्य प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्साल काठमाडौँमा सरुवा भएका छन् ।