नयाँदिल्ली । भारतमा चिसोका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ। राष्ट्रिय राजधानीमा चिसोले सन् १९९७ पछि २२ वर्ष पुरानो रेकर्ड तोडेको छ। यस्तो चिसो १०० बर्षको अवधिमा चार पटक मात्र भएको छ।
चिसो बढेपछि दिल्लीसहित ६ राज्यमा रेड अलर्ट जारी गरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मौसम विभागले पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरेको हो।
५९ जनाको मृत्यु
भारतका धेरै ठाउँमा न्यूनतम तापक्रम ुफ्रिजिंग पोइन्टु भन्दा तल गएको छ। चिसोले मानिसहरु थरथर काँप्दै छन्।
उत्तर प्रदेश, बिहार, पञ्जाब, हरियाणा, मध्य प्रदेश, झारखण्ड र राजस्थान राज्यका अधिकांश भागहरुमा मौसमका कारण जनजीवन प्रभावित भएको छ। चिसोले उत्तर प्रदेशमा ५९ जनाको ज्यान गएको जागरण अनलाइनले लेखेको छ।
चिसोले रेकर्ड तोड्यो
चिसोले दिल्लीमा नयाँ रेकर्ड बनाएको छ। दिल्लीमा लगातार ११ दिन चिसो भएको छ। यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलो पटक हो।
यस पटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ। फाँटमा तापक्रम १६ डिग्री सेल्सियसबाट पनि तल झरेको छ।
शनिबार दिल्लीको तापक्रम १.७ डिग्री सेल्सियस थियो। यो १९०१ पछिको दोस्रो सबैभन्दा चिसो दिन हो।
चिसोले हिमाचलको तापक्रम शून्य डिग्री भन्दा तल झरेको छ। हिमाचल प्रदेशमा शीतलहर जारी छ।
राजस्थानका पाँच शहरहरु फतेहपुर, माउन्ट आबू, जोबनेर, सीकर र चुर, फ्रिजिंग पोइन्टको मुनि रेकर्ड गरियो। फतेहपुर माइनस चार डिग्री माल्सियस। माउन्ट अबू बरफले ढाकिएको छ। ओडिशा र छत्तीसगढ़का अधिकांश भागहरूमा चिसो कायमै थियो।