चर्चित हास्यकलाकार मनोज गजुरेल जेल जादै, कारण यस्तो !

Share post:

काठमाण्डौँ । चर्चित हास्यकलाकार मनोज गजुरेल जेल जेलमा जाने भएका छन् । कैदिहरुलाई हसाउन उनी पूर्वका विभिन्न जेलमा जाने भएका हुन् ।

एक नम्बर प्रदेश सरकार र सिस्नुपानी नेपालले आयोजना गर्न लागेको कारागार हास्यव्यङ्ग्य शिविरका निम्ती उनी त्यहाँ गएका हुन् । शनिबारदेखि सुरु हुने कार्यक्रम मोरङको विराटनगर, सुनसरीको झुम्का, झापाको चन्द्रगढी, उदयपुरको गाईघाट लगायतका स्थानहरुमा रहेका कारागारहरुमा आयोजना गरिँदै छ ।

त्यस कार्यक्रमअन्तर्गत जेलजीवन बिताइरहेका कैदीहरुको मानवअधिकारका विषयमा तालिम दिइनेछ । त्यससँगै उनीहरुको खानपान, जीवनशैली, मनोरञ्जनलगायतलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रशिक्षण दिइन लागेको गजुरेलले बताए ।

कार्यक्रममा जेल जीवन बिताएर फर्किएपछि आफ्नो समाजप्रति उनीहरुको दायित्व र जिम्मेवारीका विषयमा समेत प्रशिक्षण दिइने बताइएको छ । महिला कैदी र पुरुष कैदीलाई छुट्टाछुट्टै स्थानमा तालिमको व्यवस्ता मिलाइएको बताइएको छ ।

श्रोतonlinemarg

ताजा समाचार