श्रीमतीलाई जुवामा हारे पछी……जबर्जस्ती घिसारेर अज्ञात स्थलतर्फ लगेर बलात्कार

Share post:

उडिसा । भारतको उडिसा राज्यमा एक व्यक्तिले श्रीमतीलाई जुवामा हारेको विवरण सार्वजनिक भएको छ ।

उडिसाको बालेश्वर जिल्लाको मलाङबालीकुटी गाउँका एक व्यक्तिले जुवामा हारेपछि पत्नीलाई जित्ने मान्छेको जिम्मा लगाएका हुन् । पीडित महिलाले बालेश्वर जिल्लाको एक प्रहरी कार्यालयमा यसै साता उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।

पी’डित महिलाका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार छन् । जुवामा जित्ने व्यक्ति सोही गाउँका अबिराम दलाई भएको प्रहरीले जनाएको छ । उनले बा’जीमा जितेकी महिलालाई सोही दिन ब’ला’त्का’र गरेको पीडितले बताएकी छिन् ।

२७ मेमा स्थानीय प्रहरी चौकीमा उ’जु’री गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सु’झाब दिएका थिए । तर, प्रहरी उपरीक्षकलाई नै भेट गरेर पीडितका तर्फबाट निवेदन दिइएको थियो । पीडित महिलालाई जाँचका लागि बालेश्वर पठाएको प्रहरीले जनाएको छ । आरोपी’वि’रु’द्ध ब’लात्का’रलगायत अन्य अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।

जुवा हारेपछि यही २३ मेमा ती व्यक्तिले राति ११ बजे पत्नीलाई घरबाहिरको खेतमा जान कर गरेका थिए । तर, नमानेपछि उनी आफैँले पत्नीलाई हातमा समाएर खेतसम्म पु(याएका थिए, जहाँ जु”वा जिते’का व्यक्ति दलाई उनीहरूलाई कुरिरहेका थिए ।

ती व्यक्तिले पत्नीलाई दलाईलाई जिम्मा लगाएर ऊसँग शा’रीरिक सम्प’र्क” गर्न निर्दे’शन दिएका थिए । पतिको व्यवहारले छानाबाट खसेजस्तै भएकी ती महिला खेतबाट भाग्न खोजिन् । तर, दलाईले उनलाई जबर्ज’स्ती घि’सारेर अज्ञात स्थलतर्फ लगेर ब’ला’त्का’र गरेका थिए ।

प’ति जुवामा हारेर आफू बेचिएको महिलालाई केही थाहा थिएन । सोही रात घर फर्किएपछि पीडित महिलालाई पतिले सबै खुलासा गरेका थिए । जिम्मा लगाएका व्यक्तिसँग ती महिलाको चिनजा’नसमेत थियो ।

पीडित महिलाको १६ वर्षअघि विवाह भएको थियो । उनका एक छोरा र छोरी छन् । सो घ’ट’नाबारे पीडितका सन्तानले फोन गरेर मावलीलाई जानकारी गराएका थिए । पीडित परिवारको हस्त’क्षेपका बाबजुद पनि महिलाका श्रीमानले निरन्तर दु’र्व्य’व’हा’र गरे ।

विवाद समाधान गर्न पीडित परिवारले गाउँलेको सहयोग लिएको थियो । तर, गाउँलेले वि’वाद समा’धान गर्न नसकेपछि पीडितका तर्फबाट बालिपाल प्रहरी चौ”कीमा उजु’री गरिएको थियो । एजेन्सी

ताजा समाचार