काठमाडौं
सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० वर्ष सुरु हुन अब २ दिन मात्र बाँकी छ ।
भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको स्ंकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए ।
भ्रमण वर्षमा एक दर्जन मुलुकका पर्यटनमन्त्रीलाई सहभागी गराउने तयारी भइरहेको बताए ।भ्रमण वर्षका लागी नेपाल सरकारले ९ करोड रुपैयाँ छुट्याएको बताए ।
तर भ्रमण वर्ष सचिवालयले भने ६५ करोड रुपैयाँ बजेट अनुमान गरेको उनले बताए ।
अपुग बजेट नेपाल सरकारले दिने बताए । पर्यटन वर्षमा आउने पर्यटकको सहजताको लागी एक मात्र अन्तराष्ट्रिय विमानस्थलको क्षमता बढाएको बताए ।
गौतम वुद्व अन्तराष्ट्रिय विमानस्थल पनि २०२० को मध्यमा सञ्चालनमा ल्याइने बताए ।सातै प्रदेशमा २०२० जनवरी १ का दिन भ्रमण वर्षको सुभारम्भ गरिने उनले बताए ।