कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महाकाली नगरपालिकामा आइतवार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

नगरपालिका–३ दोधारा चाँदनीमा करेन्ट लागेर १९ वर्षीय तेजराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले दैनिक सञ्चारलाई बताए ।

बैजनाथ इन्जिनियरिङ कलेजमा अध्यननरत स्थानीय कृष्णपुर नगरपालिका–१ दोमिल्लाका जोशी ओजिटीका लागि त्यहाँ गएका थिए ।

जोशीलाई सडक नाप्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याउने तयारी भइरहेको छ ।

शंकास्पद भएको भन्दै परिवारले सत्य, तथ्य छानविनको माग गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार