कञ्चनपुरमा चिसो बढेपछी भीमदत्तद्धारा दाउँरा वितरण 

Share post:

महेन्द्रनगर । कञ्चनपुरमा चिसो बढ्दै गएपछी जिल्लाका नगरपालीका तथा गाउँपालीकाहरु स्थानियलाई दाउरा वितरण गरीरहेका छन् ।

दिन प्रतिदिन शितलहर तथा चिसो बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालीका र भीमदत्त नगरपालीका वार्ड नम्वर १८ ले सयुत्त रुपमा नगर क्षेत्रमा दाउरा वितरण गरेको छ ।

अत्याधिक चिसो बढेकोले नगरवासीको राहतको लागी दाउरा वितरण गरीएको भीमदत्त नगरपालीका १८ का वडा सदस्य प्रशान्त भट्टले बताए ।

आईतवार वडा सदस्य प्रशान्त भट्ट र कमला देवकोटाको नेतृत्वमा नगर क्षेत्रका बढी भिड हुने चोक तथा स्थानहरुमा दाउरा वितरण गरीएको हो ।

ताजा समाचार