‘लिपुलेक, कालापानी हाम्रै हो’ भन्दै जब दुर्गेश स्टेश उक्लिए…..[फोटो/भिडियो]

Share post:

महेन्द्रनगर ।
महेन्द्रनगरको खुलामञ्चमा जारी सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७६ को तेस्रो दिन आइतवार गायक दुर्गेश थापाले प्रस्तुति दिए ।

उनले महोत्सवमा आएका दर्शकहरुलाई नचाए । दिउँसोदेखि नै महोत्सवको आइतवार (तेस्रो दिन) को मुख्य आकर्षणका रुपमा रहेका दुर्गेशको प्रतिक्षामा थिए, दर्शक ।

दर्शकहरुको व्यग्र प्रतिक्षा पछि स्टेज उक्लिएका दुर्गेशले सुरुमा ‘लिपु लेक, कालापानी हाम्रै हो, उठ विर गोर्खाली, कि त वार कि त पार’ बोलको नयाँ गीत गाए ।

उनको यो प्रस्तुतिमा सबै दर्शक नाचे ।

यस्तै दुर्गेशले ‘के दुर्गेश जेलमा के दुर्गेश रेलमा, बिच्च बिच्चमा, रातो रातो खुर्सानी पिरो छ’ बोलका गीतहरु गाएर स्टेज तताए ।

दुर्गेशको ‘उठ विर गोर्खाली, कि त वार कि त पार’ बोलको गीत अंग्रेजी नयाँ वर्ष सन् २०२० मा सार्वजनिक हुदैछ ।

भिडियोः

लिपुलेक, कालापानी हाम्रै हो भन्दै जब दुर्गेश स्टेज उक्लिए !

लिपुलेक, कालापानी हाम्रै हो भन्दै जब दुर्गेश स्टेज उक्लिए !

Gepostet von Dainik Sanchar am Sonntag, 29. Dezember 2019


सम्बन्धित सामाग्री


 

ताजा समाचार