महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव पुष ११ गते बाट सुरु भएको छ ।
‘खोज संग्रह मिडिया’को प्रमुख आयेजनामा पुष २० गते सम्म सञ्चालन हुने महोत्सवको हिजो (आईतवार) चर्चित गायक दुर्गेश थापाले दर्शकलाई नचाएका थिए ।
त्यस्तै महोत्सवमा आज (सोमवार) गायक टकं टिमिल्सेना, तिलक बस्नेत लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने सुदूरपश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सवको सचिवालयले जनाएको छ ।
यो महोत्सव पर्यटन वर्ष २०२० लाई सफल पार्न, विपन्न परिवारका वालबालिकाको शिक्षाको लागि अक्षय कोष निर्माण लगायतका काम गर्ने उद्देश्यले आयोजना गरिएकोले सम्पुर्णलाई महोत्सवको अवलोकन गरीदिन महोत्सवका अध्यक्ष करन सिंह पालले आग्रह गरेका छन् ।