शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा …….

विज्ञापन

Share post:

भक्तपुर । शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको कापी धमाधम परिक्षण भइरहेको जनाएको छ । आगामी माघ दोस्रो साता भित्र नतिजा प्रकाशित गर्ने आयोगको तयारी छ ।

आयोगले काठमाडौंमा २ र ललितपुरमा २ गरी ४ परिक्षण केन्द्रमा धमाधम कापी परिक्षण गरिरहेको छ ।

यसअघि काठमाडौंको कालिमाटीस्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा परिक्षण केन्द्रमा कापी परिक्षण भइरहेकामा अहिले काठमाडौंको रत्नराज्य मावि बानेश्वर र ललितपुरको टीका विद्याश्रम सानेपा गरी २ केन्द्र थपेर धमाधम कापी परीक्षण भइरहेको हो ।

चारओटै परिक्षण केन्द्रमा हाल २ सय बढी परिक्षकले कापी परिक्षण गरिरहेका र जाडो विदाको समयमा थप शिक्षकहरुबाट कापी परिक्षण गराइने आयोगका प्रशासकीय प्रमुख बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार आगामी माघ दोस्रो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको छ ।

हाल निम्न माध्यमिक र माध्यमिक तहको कापी परिक्षण भइरहेको भन्दै अर्यालले केही दिन भित्रै प्राथमिक तहको पनि कापी परिक्षण शुरु गरिनेछ । प्रावि तहको कापीको कोडिङ अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

बस्तुगत परीक्षा तर्फको कापी मेसिनबाट र विषयगत तर्फको कापी पूर्व प्राध्यापक, शिक्षक, कर्मचारीहरुबाट परिक्षण भइरहेको प्रशासकीय प्रमुख अर्यालले जानकारी दिए । बस्तुगत तर्फको कापी परिक्षण मेसिनबाट भएको भएपनि त्यसमा प्राविधिक समस्या आएकाले केही ढिलाइ भएकको अर्यालले बताए । ुबस्तुगत तर्फको परिक्षण केही दिनमा सकिनेछ ु– अर्यालले भने ।

गएको असोजमा भएको शिक्षक लाइसेन्स परीक्षामा प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।

श्रोतइपाटी

ताजा समाचार