महेन्द्रनगर । कञ्चनपुरमा चिसो बढेपछि बेदकोट नगरपालीकाले नगरका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
हाल शितलहरका कारण केही दिन देखी मौसम प्रतिकुल भई अत्याधिक चिसो बढेकोले विद्यालय बन्द गर्न निर्देशन दिईएको बेदकोट नगरपालीकाले जनाएको छ ।
चिसोको कारण विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न तथा पठनपाठन गर्न समस्या भएकोले पुस १५ र १६ गतेका दिन बिदा दिन अनुरोध गरिएको जनाएको छ ।
पठन पाठन गर्न समस्या भएकाले सिंचित बिदाबाट मिलान गरिने जनाएको छ । मौसममा सुधार भएमा बिद्यालय संचालन गर्न सकिने र मौसममा प्रतिकुल भई बिदा थप गर्नु पर्ने भएमा पछी अर्को सुचना जारी गरिने जनाएको छ ।