सञ्चार मन्त्री बास्कोटा कञ्चनपुरमा, भोली म्याराथन प्रतियोगिता उद्घाटन गर्ने

Share post:

महेन्द्रनगर । नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा कञ्चनपुर पुगेका छन ।

भीमदत्त नगरपालिकाले पुष १५ गते आयोजना गर्न लागेको जैविक धार्मीक पर्यटन मार्ग दोस्रो हाप म्याराथुनको उद्घाटन गर्न मन्त्री बास्कोटा कञ्चनपुर आएका हुन ।

भीमदत्त नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख हरक सिंह धामीले प्रतियोगिताको सम्पुर्ण तयारी भई सकेको बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने धावकको नाम दर्ता भईसकेको छ । धामीका अनुसार प्रतियोगिता, खुला, महिला, छात्र, छात्रा र नगरका सामुदायिक तथा संस्थागत विद्यालय स्तर गरि विभिन्न समुहमा आयोजना हुनेछ ।

 

ताजा समाचार