‘पक्राउ परेको भए मेयर पद त्याग्छुँ’

Share post:

महेन्द्रनगर ।
कञ्चनपुरको महेन्द्रनगरस्थित ‘डान्सवारबाट युवतीसहित पक्राउ’ परेका भनिएका दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख अमरसिंह धामीले आफु डान्सवारमै नगएको दाबी गरेका छन् ।

‘मेरा साथीहरु डान्सबारमा कुटिएका रहेछन्, मलाई खबर गरेपछि छोराहरु सहित म त्यहाँ पुगेँ । त्यती बेलासम्म डान्सवार बन्द भइसकेको थियो । हामीले पुग्नु भन्दा पहिला नै जिप्रकाको टोली पनि पुगि सकेको थियो । पछि वडाको टोली पनि आयो ।’ उनले भने, ‘म डान्सवार भित्र नै गएको छैन, यदि बाहिर हल्ला चले जस्तो मलाई पक्राउ नै गरेको हो भने मेयर पद अहिले नै त्याग्छुँ ।’

उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले पनि शैल्यशिखर नगरपालिकाका प्रमुख धामीलाई प्रहरीले पक्राउ नगरेको बताएका छन् ।

ताजा समाचार