काठमाडौं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद बलराम प्रसाद बास्कोटाले वर्तमान सरकारले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गरेको बताएका छन्।
राष्ट्रिय सभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले वर्तमान सरकारले अनेकौ जटिलता, चुनौति र प्रतिकुलताका बाबजुत संविधान कार्यन्वनय लगायत मूलभूत क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको भन्दै बचाऊ गरे।
उनले नेपालको सिमाना भारतबाट मिच्ने काम भएको सन्दर्भभमा बृद्ध बाघको पञ्चतन्त्रको कथा उल्लेख गर्दै नेपाली जनतालाई जिस्काउने काम गर्ने चेतावनी दिए।
ुवृद्ध बाघ सिकार गर्दिनँ भनेर सुनको बाला अगाडि राखेर बसेछु, उनले भने, ुबृद्ध बटुवा साच्चै सिंह सुध्रिएको हो कि भनी सुनको बाला लिने लोभमा जाँदा सिंहले आक्रमण गरेछ ।
नेपाली जनता भनेको सुतिरहेको बाघ हो । सुतेको बाघलाई नजिस्काउनुहोस् ।ु उनले यदि सुतेको बाघ उठ्यो भने स्यालहरुले कहिले पनि विजय प्राप्त गर्न नसक्ने बताए।
अर्काको भू भागमा गिद्धे नजर लगाउनेहरु निश्चित रुपमा स्यालहरु हुन्ु, उनले भने, ुस्यालहरुको पराजय सुतिरहेको बाघलाई जिस्काउना साथ निश्चित हुन्छ।ु
उनले उखु किसानको समस्या सम्बोधन गर्न तथा आकासिदै गएको बजार मुल्य नियन्त्रण गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराएका छन्।