कम्प्युटर अपरेटर घुससहित पक्राउ

Share post:

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।

कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण आइनसकेको बताए ।

श्रोतonlinekhabar

ताजा समाचार