कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारी बस्ने तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ ।
सोमवार दिउसो ३ बजे तिर घरमा कोही नभएको अवस्थामा बालिकाका सौतेला बुवा इन्द्र चुनारालेनै बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अभियुक्त चुनारालाई पक्राउ गरि हाल घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
मृतक बालिकाको शव शव परिक्षणका लागी महाकाली अस्पताल राखिएको छ ।
पक्राउ परेका चुनाराले अत्यधिक मदिरा सेवन गरी तीन वर्षिया सौतेली छोरीको बलत्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धान रहेको प्रहरी प्रवक्ता चन्दले दैनिक सञ्चारलाई बताए