सञ्चारमन्त्री बाँस्कोटा भन्छन्ः‘लिपुलेक र कालापानी बारे प्रश्न नगर्दा नै हुन्छ’

Share post:

महेन्द्रनगर ।
सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले लिपुलेक, कालापानी नेपाल भूभाग नै भएको दाबी गरेका छन् ।

प्रेस संगठन नेपाल कञ्चनपुरले मंगलवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना, प्रविधि मन्त्री बाँस्कोटाले ‘लिपुलेक र कालापानी सम्बन्धि प्रश्न नै नगर्दा हुन्छ’ भन्ने प्रतिक्रिया दिएका छन् ।

सीमा अतिक्रमणका बारे पत्रकारहरुको प्रश्नमा सञ्चार मन्त्री बाँस्कोटाले भने, ‘लिपुलेक, कालापानी नेपाली भूमि नै हो । नेपाली भूमि नै भएको तथ्य र प्रमाणहरु छन् । तथ्य र प्रमाणले सबै मिल्छ । त्यसैले यस सम्बन्धि प्रश्न नगर्दा नै ठिक हुन्छ ।’

यस्तै उनले अगाडि थपे, ‘तथ्य र प्रमाणमा टेकेर भारतले अतिक्रमण भूमि फिर्ता गर्नु पर्छ । कालापानी, लिपुलेकमा हाम्रो दावा होइन, नेपाली भूमि भएकाले त्यसमा हाम्रो हक/अधिकार छ ।’

कालापानी र लिपुलेकका बारेमा सरकारले यसअघि नै भारतलाई पत्र पठाएको जनाउँदै द्विपक्षीय छलफलबाट समस्या समाधान गर्नका लागि कुटनीतिक पहल सुरु भएको बताए ।

पुराना सन्धी सम्झौता समेत हेर्नु पर्नेमा सञ्चारमन्त्री बाँस्कोटाले जोड दिए । सत्तारुढ दल नेकपाका नेता समेत रहेका मन्त्री बाँस्कोटाले सभामुख सत्तारुढ दलबाट नै एक जना हुने दाबी गरे ।

‘सभामुख सत्तारुढ दलकै हुन्छ, यसमा कुनै बिमती नै छैन । के सत्तारुढ दलले एक जना खोज्न नसक्ला र ?’ उनले भने । यस्तै नेपालमा कुनै राजनीतिक फन्डा बाँकी नरहेको सञ्चारमन्त्री बाँस्कोटा दाबी गर्छन ।

‘देश निर्माणको जो साथमा आउँछ प्रत्येकसंग काधमा काध, हातमा हात मिलाएर जान्छौँ । नेपालमा अब कुनै राजनीतिक फन्डा बाँकी छैन, कुनै एजेण्डा बाँकी छैन ।’ मन्त्री बाँस्कोटाले भने,‘ देश समृद्धिको बाटोमा जादैछ । हामीले विभिन्न मानांकमा विश्वसंग हिड्न खोजेएका हौँ ।’

वैदेशिक लगानी भित्रिरहेकोले सुखी नेपाली, समृद्ध नेपालको नारा छिट्टै पूरा हूने उनको भनाइ छ ।

पछिल्लो समयमा बढिरहेका जघन्य आपराधिक घटना न्युनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिदै सञ्चारमन्त्री बाँस्कोटाले निर्मला पन्त हत्या प्रकरण र सो प्रकृतिका अन्य आपराधिक गतिविधि प्रति सरकार गम्भीर रहेको बताए ।

‘निर्मला प्रकरण एक जघन्य अपराध हो । यसका अपराधीहरु कानूनी दायरामा आउँछन् नै । विभिन्न टोलीहरुले अनुसन्धान गरिरहेकाले उनिहरुको निष्कर्षबाट अपराधी पहिचान भएर कानूनी दायरामा आउँछ । सरकारले अपराधीलाई छोड्दैन ।’ उनले भने, ‘अनुसन्धान गर्न दिनु पर्छ, यो त्यो  भनेर अनुसन्धानलाई प्रभाव पार्ने गरी टुइस्ट गर्नेहरुबाट सचेत हुनु पर्छ ।’

सञ्चारमन्त्री बाँस्कोटा भन्छन्ः‘लिपुलेक र कालापानी बारे प्रश्न नगर्दा नै हुन्छ’

सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले लिपुलेक, कालापानी नेपाल भूभाग नै भएको दाबी गरेका छन् ।प्रेस संगठन नेपाल कञ्चनपुरले मंगलवार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चार तथा सूचना, प्रविधि मन्त्री बाँस्कोटाले ‘लिपुलेक र कालापानी सम्बन्धि प्रश्न नै नगर्दा हुन्छ’ भन्ने प्रतिक्रिया दिएका छन् ।

Gepostet von Dainik Sanchar am Montag, 30. Dezember 2019

ताजा समाचार