महेन्द्रनगरको खुला मञ्चबाट शुरु भयो हाप म्याराथुनःमन्त्री बास्कोटाले गरे उद्धघाटन (फोटो फिचर)

Share post:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाद्धारा आयोजित जैविक धार्मीक पर्यटन मार्ग दोस्रो हाम म्याराथुन शुरु भएको छ ।

मंगलवार कञ्चननपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा नेपाल सरकारका प्रवत्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले रेवन काटेर म्याराथुन दौडको उद्धघाटन गरेका छन् ।


प्रतियोगितामा खुला, महिला, छात्र, छात्रा र नगरका सामुदायिक तथा संस्थागत विद्यालय स्तर गरि विभिन्न समुहमा दौड भएको हो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमा नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री गोकुल बासकोटाले सम्पुर्ण खेलाडीहरुलाई शुभकामना दिदै यस्ता खेलकुदका कार्यक्रमले प्रर्यटकीय क्षेत्रको प्रचार तथा भविष्यका खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।

भीमदत्त नगरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन र पर्यटन प्रवद्र्धनका लागि दौड प्रतियोगिता आयोजना गरिएको भीमदत्त नगरपालीकाले जनाएको छ ।

प्रतियोगितामा विद्यालय स्तरीय छात्रछात्रा अन्तर्गत प्रथम हुने लाई नगद १५ हजार, द्धितियलाई १२ हजार, तृतियलाई १० हजार, चतुर्थलाई ८ हजार, पाचौँलाई ६ हजार ५ सय, छठौँलाई ४ हजार पुरस्कार दिने नगरपालीकाले जनाएको छ ।

त्यस्तै खुल्ला तर्फ महिला अन्तर्गत प्रथम हुनेलाई २० हजार, द्धितियलाई १५ हजार, तृतियलाई १२ हजार र खुल्ला पुरुष तर्फ प्रथमलाई ४० हजार, द्धितियलाई ३० हजार, तृतियलाई २० हजार पुरस्कार दिईने नगरपालीकाले जनाएको छ ।

उत्त डौड प्रतियोगितामा जम्मा ३ सय ९० जनाको सहभागिता रहेको छ । दौडको समापन आज (मंगलवार) साझ समापन हुने नगरपालीकाले जनाएको छ ।

ताजा समाचार