निर्मलाका दोषीलाई सरकारलले छोड्दैनः मन्त्री बाँस्कोटा

Share post:

महेन्द्रनगर । नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले निर्मला हत्या प्रकरणका दोषीलाई नछोडने बताएका छन ।

कञ्चनपुरको महेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन । आपराधिक गतिविधि प्रति सरकार गम्भीर रहेका उनले बताए ।

‘निर्मला प्रकरण एक जघन्य अपराध हो । यसका अपराधीहरु कानूनी दायरामा आउँछन् नै ।

विभिन्न टोलीहरुले अनुसन्धान गरिरहेकाले उनिहरुको निष्कर्षबाट अपराधी पहिचान भएर कानूनी दायरामा आउँछ । सरकारले अपराधीलाई छोड्दैन ।

’ उनले भने, ‘अनुसन्धान गर्न दिनु पर्छ, यो त्यो भनेर अनुसन्धानलाई प्रभाव पार्ने गरी टुइस्ट गर्नेहरुबाट सचेत हुनु पर्छ ।’

ताजा समाचार