सभामुख सत्तारुढ दलबाट नै हुने ः मन्त्री बाँस्कोटा

Share post:

महेन्द्रनगर । नेपाल सरकारका सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले सभामुख सत्तारुढ दलबाट नै एक जना हुने दाबी गरे ।

कञ्चनपुरको महेन्द्रनगरमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन ।‘सभामुख सत्तारुढ दलकै हुन्छ, यसमा कुनै बिमती नै छैन ।

के सत्तारुढ दलले एक जना खोज्न नसक्ला र ?’ उनले भने । यस्तै नेपालमा कुनै राजनीतिक फन्डा बाँकी नरहेको सञ्चारमन्त्री बाँस्कोटा दाबी गर्छन ।

‘देश निर्माणको जो साथमा आउँछ प्रत्येकसंग काधमा काध, हातमा हात मिलाएर जान्छौँ । नेपालमा अब कुनै राजनीतिक फन्डा बाँकी छैन, कुनै एजेण्डा बाँकी छैन ।

’ मन्त्री बाँस्कोटाले भने,‘ देश समृद्धिको बाटोमा जादैछ । हामीले विभिन्न मानांकमा विश्वसंग हिड्न खोजेएका हौँ ।’ वैदेशिक लगानी भित्रिरहेकोले सुखी नेपाली, समृद्ध नेपालको नारा छिट्टै पूरा हूने उनको भनाइ छ ।

ताजा समाचार