अख्तियारको अनुसन्धानमा किन तानिए डिएसपी रमेश सिंह, कारण यस्तो

विज्ञापन

Share post:

काठमाडौं– नागरिकतामा आफ्नो जन्ममिति सच्याएको देखिएपछि महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० रमेश सिंह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा तानिएका छन् ।

अख्तियारले एक पत्र पठाउँदै डिएसपी सिंहलाई बयानका लागि उपस्थित हुन भनेको छ ।

राष्ट्रसेवक ९कर्मचारी०ले आफूलाई लाभ पुग्ने गरी जन्म मिति, नाम, थर सच्याउने वा अनुवाद गर्न पाउँदैनन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १० मा जन्म मिति सच्याउने राष्ट्रसेवकलाई कसुरको मात्राअनुसार ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

अख्तियार स्रोतका अनुसार डिएसपी सिंहले पनि भ्रष्टाचार निवारण ऐनमा गरिएको व्यवस्था प्रतिकुल हुने गरी कसुर गरेको देखिएको छ ।

डिएसपी सिंहविरुद्ध जन्ममिति सच्याएर किर्ते गरी सरकारी सेवामा प्रवेश गरेको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान गर्ने क्रममा ‘कैफियत’ देखिएपछि बयानका लागि बोलाइएको अख्तियार स्रोतले जानकारी दियो ।

श्रोतkhabarhub

ताजा समाचार